सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, २७ साउन:सर्वोच्च अदालतले पाल्पाका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले ढकाललाई नियुक्त गर्ने सरकारी निर्णय भदौ ७ सम्म कार्यान्वयन नगर्न आदेश दिंदै दुबै पक्षलाई छलफलका लागि बोलाएको हो ।

गत साउन १० गते मन्त्रिपरिषद्ले पाल्पाका प्रमुख जिल्ला अधिकारी ढकाललाई लुम्बिनी विकास कोषको सदस्यसचिव नियुक्त गरेको थियो । प्रतिस्पर्धाबाट सूचीकृत व्यक्ति भन्दा बाहिरबाट नियुक्त गरिएको भन्दै अधिवक्ता शिव अर्यालले सर्वोच्चमा रिट दर्ता गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here