सय रुपैयाँ नतिर्दा बृद्धको हत्या !

बारा,२५ जेठ । अहिलेको समयमा एक सय रुपयाँले ठुलो गर्जो टर्दैन । तर, सय रुपैयाँकै लेनदेन विवादमा कलैया उपमहानगरपालिका १२ विश्वम्भरपुरका एक बृद्धले ज्यान गुमाउनुपरेको छ ।

स्थानीय मख्खन साहको पम्पिङसेटबाट आफ्नो खेतमा सिँचाई गरेका थिए । यसबापत उनले मख्खनलाई सय रुपैयाँ तिर्न बाँकी थियो ।

मख्खनले बुधबार साँझ मैनेजरसँग पैसा मागेपछि विवाद भएको थियो । पैसा तिरेरै जा भनी मख्खनले जबरजस्ति गरेपछि मैनेजरसाग विवाद भएको थियो, एक स्थानीयले भने, पछि झडपकै रुप लियो ।

झडपमका क्रममा मख्खनका छोरा २० बर्षीया दीपक साहले मैनेजरमाथि चिर्पट प्रहार गरेका थिए । आजको कान्तिपुरमा यो खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here