काठमाडौ, १३ फागुन – नेपाल उद्योग वाणिज्य महासंघले सातै प्रदेशको आर्थिक सम्भावना र चुनौति पहिचान गर्न आजदेखि आर्थिक बहस सुरु गर्ने भएको छ ।
‘आर्थिक समृद्धीकोः साझेदारी नीजि क्षेत्रको भन्ने नाराको साथ आजदेखि पोखराबाट आर्थिक बहस सुरु गर्ने महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकारी दिनुभयो ।
सात वटै प्रदेशका सम्भावना र चुनौतिका विषयमा बहस गरेर निचोड निकाल्ने तयारी गरिएको गोल्छाले बताउनुभयो ।
बहसमा सबै प्रदेशमा मुख्यमन्त्री, अर्थमन्त्री, विज्ञ तथा नीजि क्षेत्रका प्रतिनिधिको सहभागिता रहने बताइएको छ ।

