सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्योपचारको जिम्मा सरकारको

पर्वत, ३१ जेठ-स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री पद्मा अर्यालले अब सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्योपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ ।

पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई आज सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले पाँच वर्षभित्र सबै स्थानीय तहमा विशेष चिकित्सकको दरबन्दीसहितको अस्पताल निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा १५ शय्या र नगरपालिकामा २५ शय्याको अस्पताल स्थापना गरिने छ ।

जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सबै बालबालिका खोपको दायरामा आएपछि पूर्ण खोप सुनिश्चित भएको हो । तीन हजार ४३३ बालिबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार ४४६ लाई सबै प्रकारका खोपको मात्रा लगाइएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here