सम्पत्ति विवरण नबुझाउने जनप्रतिनिधिको अख्तियारले सूची माग्यो

काठमाडौं,२० चैत । पहिलो चरणको स्थानीय तह निर्वाचन भएको झन्डै एक वर्ष हुन लाग्दा पनि करिब २० हजार जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् ।

कानूनअनुसार चुनाव सम्पन्न भएको दुई महिनाभित्र जनप्रतिनिधिले सम्बन्धित निकायमा आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्छ । जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएको निकायले त्यसको जानकारी राष्ट्रिय सतर्कता केन्द्रलाई गराउनुपर्छ ।’

चैत १८ गतेसम्म राष्ट्रिय सतर्कता केद्रमा १५ हजारले मात्र सम्पत्ति विवरण बुझाएको रेकर्ड छ । पटक पटक ताकेता गर्दा पनि सबै जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएको केन्द्रले जनएको छ ।

सम्पत्ति विवरण बुझाउन जनप्रतिनिधिले आलटाल गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यस्ता जनप्रतिनिधिहरुको नामावली उपलब्ध गराउन केन्द्रलाई ताकेता गरिरहेको नागरिकको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here