सम्पत्तिमा शहरी महिलाको पहुँच बढ्दै

सुर्खेत, १६ साउन- सामाजिक, आर्थिक र राजनीतिक रुपले महिलाको जीवनस्तर अझैपनि अपेक्षित तवरले माथि उठेको देख्न पाइदैन । ग्रामीण जनजीवन अधिकतम् महिलामा निर्भर छ ।

विशेषतः साविकको कर्णाली क्षेत्रमा बिहानैदेखि अवेर रातीसम्म काम गर्नैुपर्ने दैनिकी भोग्न बाध्य महिलालाई समानुपातिक समावेशी सिद्धान्तले त्यति प्रभावित बनाउन सकेको छैन । महिलालाई घरको जिम्मेवारी धेरै ठूलो छ तर सम्पति प्राप्तिमा अधिकांश महिलाहरु विमुख नै छन् ।

शून्य अधिकारमा धेरै महिलाले कष्टसाध्य जीवन व्यतित गरिरहेका छन् । यो व्यथा ग्रामीण महिलामा अधिक छ । पारिवारिक बोझले सोच्न नसक्ने अवस्थाका महिलालाई अधिकारका कुरा ‘भालुलाई पुराण’ सुनाए झै लाग्छ । यद्यपि शहरी क्षेत्रका महिला भने संविधानले दिएको अधिकार र सम्पतिमा हक राख्न अग्रसर छन् ।

आर्थिक वर्ष २०७४÷७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतमा १७ हजार ५१ लिखत पारित भए । तीमध्ये छ हजार ३४२ महिलाको नाममा लिखत पारित भए । जुन कूल पारित लिखत संख्याको ३७ प्रतिशत हो । यसले वर्षेनी शहरी महिलाको सम्पतिमा पहुँच बढ्दै गएको जिल्ला मालपोत कार्यालय सुर्खेतका नायब सुब्बा दुर्गाप्रसाद आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here