समृद्धिको सपना वर्तमान सरकारलेनै पूरा गर्छः प्रधानमन्त्री

लहान, १९ माघ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले देखेको समृद्धिको सपना वर्तमान सरकारले पूरा गर्ने बताउनुभएको छ ।

सदरमुकाम सिरहामा आज आयोजित शहीद हेमनारायण यादवको १५ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनताले नेतृत्वका लागि जनमत दिएर आफूहरुलाई पठाएको हो, अब हाम्रो मुख्य काम भनेकै जनताको सेवा गर्नु हो, त्यसप्रति हामी पूर्णरुपमा प्रतिबद्ध छौँ ।”

प्रधानमन्त्री ओलीले व्यवहारिकरुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको उल्लेख गर्दै बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजनाअन्तर्गत प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्नेजस्ता कार्य अघि बढाइसकेको बताउनु भयो ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले युवालाई वैदेशिक रोजगारीमा जान रोक्नका लागि आवश्यक रोजगारीका अवसर सिर्जना गरिने बताउँदै प्रदेश नं २ अन्य प्रदेशको तुलनामा सम्भावना बोकेको प्रदेश भएकाले समाज परिवर्तनका लागि अब विलम्ब गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सिरहास्थित शहीद हेमनारायण चोकमा रहेको हेमनारायण यादवको शालिकमा माल्यार्पणसमेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here