काठमाडौँ, ३ माघ । संसदीय सुनुवाई समितिले थाइल्याण्ड र फ्रान्सका लागि दुईजना राजदूतको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले फ्रान्सका लागि प्रस्तावित आवासीय राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि प्रस्तावित राजदूत गणेशप्रसाद ढकाललाई सर्बसम्मत रुपमा अनुमोदन गरेको हो ।
गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो । तर, पाँचै जनाविरुद्ध एउटा पनि उजुरी परेको छैन । त्यसैले सीधै सुनुवाई गर्न पहिलो चरणमा अधिकारी र ढकाललाई बिहीबारको बैठकमा बोलाइएको थियो ।

