समानुपातिक तर्फका २ सय २० सिटमा १३ दलले सांसद पाउने, कुन दलको कति ?

काठमाडौं,७ पुस– निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट फाँडफाँड गरेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फका २ सय २० सिटमा १३ वटा दलका सांसदहरु रहने भएका छन्।

२ सय २० सिटमध्ये सबैभन्दा धेरै एमालेले ७५ तथा नेपाली कांग्रेसले ७२ सिट प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ३५ सिट पाएको छ। प्रदेशसभाको समानुपातिकमा चौथो टुलो पार्टी भनेको संघीय समाजवादी फोरम नेपालले १३ तथा पाँचौ पार्टी बनेको राजपा नेपालले १२ सिट पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी र विवेकशिल साझा पार्टीले ३/३ सिट पाएका छन् । त्यस्तै राष्ट्रिय जनमोर्चाले २ तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राप्रपा प्रजातान्त्रिक पार्टीले १÷१ सिट प्राप्त गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here