मिलेर समस्याको समाधान गर्न राष्ट्रपतिको प्रमुखदलका शीर्ष नेताहरुलाई सुझाव

काठमाडौं, २८ बैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले सहमति र सहकार्य गर्दै अहिले देखिएको समस्याको समाधान गर्नुपर्नेमा जोड्दिनु भएको छ ।

आज बिहान प्रमुख दलका शीर्ष नेताहरुसँगको छलफलमा उहाँले स्थानीय चुनाव सफल बनाउन सबै दल एकजुट हुनुपर्नेमा जोड्दिनु भयो ।

साथै छलफलमा नजिकिँदै गरेको स्थानीय तहको निर्वाचन र संविधान संशोधन विधेयकका विषयमा भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

छलफलका क्रममा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनको तयारीका बारे जानकारी गराउनु भएको थियो । यस्तै उहाँले आगामी जेठ ४ गते बस्ने बैठकमा संशोधन प्रस्ताव निणयार्थ प्रस्तुत हुने विषयमा पनि जानकारी गराउनु भएको बताईएको छ ।

भेटमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता सुवासचन्द्र नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेता लोकेन्द्रबहादुर चन्दलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here