समसामयिक विषयमा छलफल नगरेको भन्दै काँग्रेसद्धारा राज्यव्यवस्था समितिको बैठक बहिस्कार !

काठमाडौं,१२ फागुन ।नेपाली कांग्रेसका सांसदहरूले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेका छन् ।

केही दिनभित्र मुलुकका विभिन्न क्षेत्रमा भएका बम विस्फोट र एनसेल टावरमाथि भएका आगजनीबारे छलफल माग्दै समिति सभापति शशी श्रेष्ठले उक्त विषयलाई शुरुमा छलफल गर्न नमानेपछि कांग्रेस सांसदले समिति बैठक बहिष्कार गरेका हुन् ।
आज बसेको समिति बैठकको शुरुमा कांग्रेस सांसद देवेन्द्रराज कँडेल र डिला संग्रौला पन्तले बम विस्फोटका विषयमा गृहमन्त्री रामबहादुर थापाले जवाफ दिनुपर्ने र प्रश्न सोध्न पाउनुपर्ने माग गर्नुभएको थियो ।

सांसद संग्रौलाले सरकारले लगानी सम्मेलन गर्ने भनिरहेका बेला एनसेल टावरमाथि हमला हुनु, मान्छेको ज्यान जानुले शान्ति सुरक्षामाथि प्रश्न उठेको बताउनुभयो ।

समिति सभापति श्रेष्ठले उक्त विषयमा छलफल हुने बताए पनि कांग्रेस सांसदहरूले शुरूमा छलफल नभएको भन्दै समिति बैठक बहिष्कार गरेको बताइएको छ । समितिमा अहिले नागरिकता विधेयकबारे छलफल जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here