सभामुख महराद्धारा कारागारलाई सुधार गृहको रुपमा विकास गर्न सुझाव

काठमाडौँ, १९ साउन: सभामुख कृष्णबहादुर महराले कैदीबन्दीलाई अपराध÷गल्तीप्रति पश्चातापको महसुस गराई सकारात्मक चिन्तनको बाटोतर्फ लैजान प्रेरित गर्ने गरी कारागारलाई सुधार गृहको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

कारागारको सुधार तथा कैदीबन्दीको अधिकार प्रवद्र्धनसम्बन्धी आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले कैदीबन्दीलाई चार पर्खालभित्र थुनेर प्रतिशोध वा हिनताबोधको बाटोमा जान बाध्य पार्ने तथा अपराधी वा मानसिक रोगी उत्पादन गर्ने कारखाना बनाउन नहुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो–“कैदीबन्दीको आचरण, व्यवहार र आपराधिक मनोवृत्तिलाई परिवर्तन गरी सकारात्मक चिन्तन र क्षमता अभिवृद्धि गराउन आवश्यक पर्ने ऐन नियम बनाउने काममा घोत्लिन आवश्यक छ । हामीले कल्पना गरेको समाज कैदीबन्दीमुक्त चेतनशील, उन्नत र सुन्दर समाज हो । त्यस्तो समाजमा कारागार हुँदैनन् ।’’

कारागारलाई सुधार गृह, सीप विकास केन्द्र हुँदै सकारात्मक चिन्तन विकास गर्ने पाठशालाका रुपमा विकास गर्ने लक्ष्य राख्नुपर्दछ भन्दै सभामुख महराले भन्नुभयो– “अहिलेदेखि नै सकारात्मक पहलकदमी लियौं भने एक दिन अवश्य त्यस्तो समृद्ध, शान्त र सभ्य समाज निर्माणमा सफल हुनेछौं ।”
कार्यक्रममा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले करागारको क्षमताभन्दा बढी कैदी रहेको वर्तमान परिस्थितिमा खुला कारागारमा रुपान्तरण गर्नु आफँैमा चुनौतीपूर्ण रहेपनि कारागारलाई भने सुधार गर्दै जानुको विकल्प नरहेको धारणा राख्नुभयो ।

कारागार व्यवस्थापन विभागका पूर्व महानिर्देशक कृष्णचन्द्र घिमिरेले नेपालमा कारागार ः अवस्था, कानूनी व्यवस्था र गर्नुपर्ने सुधारको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here