काठमाडौं,११ माघ । नेपाली कांग्रेस नेता तथा सांसद गगन थापाले सरकारबाट ’निषेध राजनीतिको प्रारम्भ’ र सभामुखको ’जालझेलपूर्ण व्यवहार’ भएको बताउनुभएको छ ।
संसद बैठकपछि पत्रकारसंग कुरागर्दै नेता थापाले ’प्रमुख प्रतिपक्षी दलले लगातार उठाएको विषयमा सरकारबाट संवादको निम्ति सामान्य प्रयत्न नभएको उल्लेख गर्नुभयो । उहाँले प्रतिपक्षलाई निषेध गर्ने सरकारले मसँग दुईतिहाइ बहुमत छ भन्ने सन्देश दिन खोजेको जिकिर गर्नुभयो । असहमति राख्नेलाई म चिन्दिनँ, उनीहरूको कुरा म मान्दिनँ भन्ने सन्देश वर्तमान सरकारले दिएको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयोः आजको बैठकमा सरकारभन्दा सभामुखको तर्फबाट बढी गैरजिम्मेवारपूर्ण व्यवहार भयो । उहाँले डा. केसीका बारेमा बोल्दै केसी अनसनमा हुनुुहुन्छ उहाँसंग गरेका सम्झौताविपरीतका प्रावधानसहितको विधेयक सरकारले ताली बजाएर पास गरेकोमा मेरो आपत्ती छ ।

