सभामुखद्धारा शीर्ष नेताहरुको बैठक आह्वान

काठमाडौं, २७ असोज– चिकित्सा शिक्षा विधेयकमा सहमति जुटाउन सभामुख ओनसरी घर्तीमगरले प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ ।
दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक आह्वान गरिएको सभामुख घर्तीका प्रेस सल्लाहकार बासुदेव शर्माले जानकारी दिनुभयो । आमरण अनसरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न सरकारले संशोधन ल्याएको छ । तर, एमाले र माओवादीले समितिबाट सर्वसम्मत रुपमा आएको विधेयकमा मन्त्रीले संशोधन गर्न नमिल्ने बताएका छन् ।
विधेयक रोकिने देखेपछि डा. केसीले विशेष अधिकार प्रयोग गरेर भए पनि चिकित्सा शिक्षा विधेयक अघि बढाउन सभामुखको ध्यानाकर्षण गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here