सभापतिमाथि खनिए नेता शेखर, भनेः देउवाका कारण पार्टीमा सांगठानिक कमजोरी आयो

विराटनगर, १३ फागुन । कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टीमा विचलन आएको बताउनुभएको छ । विराटनगरको कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा पार्टी सभापतिले आफ्नो कार्यकाल थप्ने तयारीमा रहेकाले महाधिवेशनको कुनै टुङगो नलागेको आरोप लगाउनुभयो ।
बहुमतको दम्भमा पार्टीको १४ आंै महाधिवेशन निर्धारित समयमा नगरी दुई वर्ष लम्ब्याएर जादा नेता कार्यक्रतामा गुटउपगुट पलाएको बताउनुभयो । उहाँले कार्यकाल एक वर्षमात्र बाँकी रहेको अवस्था उल्लेख गर्दै तर बहुमतको दम्भमा दुई वर्ष अवधि थप्ने तयारी भइरहेको दाबी गर्नुभयो ।
विभिन्न कारणले कांग्रेस पछिल्लो समय सांगठानिक रुपमा कमजोर भएको बताउँदै कोइरालाले सभापति देउवाले आफ्नो कार्यकाल थप गरेर अघि बढे पार्टी झन् कमजोर हुने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here