सबै मतदान केन्द्रमा आजदेखि सुरक्षा व्यवस्था

काठमाडौं, २७ बैशाख– निर्वाचन सम्बन्धी सुरक्षाकर्मी पनि आजैदेखि मतदान केन्द्रहरुमा खटाइने भएको छ। पहिलो चरणको निर्वाचनका लागि ६ हजार ६ सय ४२ वटा मतदान केन्द्र तोकिएको छ ।
ती सबै केन्द्रमा मतदान अधिकृत, अन्य कर्मचारी र स्वयमसेवक गरि ४६ हजार भन्दा बढी कर्मचारी खटाइएको प्रवक्ता शर्माको भनाई छ । निर्वाचन टोलीसँगै सुरक्षाकर्मी पनि मतदान केन्द्रहरुमा पुग्ने छन् ।
गृहमन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचन सुरक्षाका लागि ६४ हजार सुरक्षाकर्मी खटाइएका छन् । जसमा म्यादी प्रहरी, सशस्त्र र नेपाल प्रहरी रहेका छन् ।

निर्वाचन केन्द्रको बाह्य सुरक्षाका लागि नेपाली सेना समेत परिचालन गरिएको छ । पहिलो चरणमा १३ हजार पदका निम्ति करिब ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here