सबैदलको सहमतिमा चुनावः सभापति देउवा

web

विराटनगर, १९ चैत– नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले दलहरुको सहमतिमै तोकिएको मितिमा स्थानीय निर्वाचन सम्पन्न हुने बताउनु भएको छ ।
विराटनगरमा आज बिहान संञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले मुलुक निर्वाचन तर्फ उन्मुख भइसकेकाले निर्वाचन नरोकिने बताउनुभयो ।
सभापति देउवाले देश निर्वाचनको माहौलमा गइसकेको भन्दै संविधान कार्यान्वयनका लागि पनि निर्वाचन आवशयक रहेको बताउनुभयो ।
निर्वाचनमा सहभागी गराउन मधेशवादी दलहरुसँग पनि वार्ता र छलफल भइरहेको भन्दै सभापति देउवाले मधेशी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here