सप्तरी कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

राजविराज, २६ वैशाख । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ ।

करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ ।

पुरुषतर्फको ‘ए ब्लक’ मा १८१ जना र ‘बि ब्लक’ मा ९६ जना पुरुष र महिला ब्लकमा एक बालिकासहित १७ जना कैदीबन्दी राखिएको छ ।

एकसय २५ पुरुष र १० महिला गरी कूल १३५ जनाको क्षमता रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखेका कारण कोचिएर बस्नुुपर्ने भएकाले पानी तथा शौचालयका लागि लामो लाइन लाग्नुपर्ने बाध्यतासमेत रहेको कैदीबन्दीले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here