सप्तरीमा बिहानै हावाहुरी, झन्डै ५० लाख मूल्य बराबरको क्षति

काठमाडौं,३ असार । सप्तरीमा बिहानै आएको हावाहुरीले झन्डै ५० लाख मूल्य बराबरको क्षति भएको छ । बिहान करिब ४ बजेदेखिको हावाहुरीका कारण सवारी साधन, इँटाभट्टा, बिजुलीका तार पोलमा क्षति भएको छ भने सर्वसाधारणका घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शम्भुनाथ नगरपालिका ५ कठौना बजारमा बिजुलीको पोल लडेर ना ५ ख ५९५१ नम्बरको ट्रकमा क्षति भएको छ । यसैगरी खडक तथा शम्भुनाथ नगरपालिकामा हावाहुरीले सर्वसाधारणको घर भत्काउँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सन्तोष खड्काले जानकारी दिनुभयो ।

विवरण संकलन कार्य जारी रहेकाले परिमाण थप हुन सक्ने प्रहरीले जनाएको छ ।हावाहुरीका कारण विद्युतमा मात्रै ३५ लाखको क्षति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र राजविराजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here