सन् २०१९ का लागि दक्षिण कोरिया जाने नेपाली कामदारको कोटा बढ्यो

काठमाडौं,१६ जेठ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली ईपिएसको कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् । मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् । सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए । कान्तिपुर दैनिकमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here