सदीय सुनुवाइ समितिको बैठक काँग्रेसद्धारा बहिस्कार, आगामि बैठक बहिस्कार भए बहुमतले निर्णय हुनेः सभापति कर्ण

काठमाडौं,५ फागुन ।  नेपाली कांग्रेसले आज बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको छ। विभिन्न संवैधानिक निकायमा गरिएका सिफारिसहरूमा असहमति जनाउँदै कांग्रेसले सनुवाइ समितिको बैठक बहिष्कार गरेको हो।

कांग्रेस सांसद तथा समिति सदस्य पुष्पा भुसालले संवैधानिक परिषद्को गठनमा प्रतिपक्ष दलको नेताको उपस्थितिलाई अनिवार्य गरिएको अवस्थामा सरकारले प्रमुख प्रतिपक्षलाई बहिष्कार गरेर अघि बढेकोले सनुवाइको प्रक्रियामा कांग्रेसको सहयोग नहुने बताउनुभयो ।

उहाँले संवैधानिक निकायमा सिफारिस भएका व्यक्तिको आए भन्नेमा आफूहरुको गुनासो नगरेको तर प्रक्रियाका विषयमा सरकारलाई सहयोग गर्न नसकिने बताउनुभयो । भुसालले आफूहरुले पहिलो बैठकमै बहिष्कार गरेकाले आजको बैठक बहिष्कार पनि पुरानै चक्र रहेको बताउनुभयो ।

यता समितिका सभापति लक्ष्मण लाल कर्णलेभने आगामी बैठकमा काँग्रेस उपस्थित नभए बहुमतले निर्णय गर्ने बताउनुभएको छ । उहाँले आगामी फागुन ७ गतेको बैठकमा उपस्थित नभए बहुमतमा निर्णय हुने दावी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here