‘सत्य निरूपण र वेपत्ता आयोगको म्याद थप्नु औचित्यहीन’

काठमाडौं, १४ पुस – जवाफदेहिता निगरानी समितिले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद थप्नु औचित्यहीन हुने जनाएको छ ।

दुबै आयोगले तीनवर्षको अन्तरालमा कुनै उपलब्धि हासिल गर्न नसकेको हुँदा पुनः म्याद थप्नु औचित्यहीन हुने जवाफदेहिता निगरानी समितिले ठहर गरेको हो । सत्य निरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको तीनवर्षे कार्यकाल २६ माघमा समाप्त हुँदैछ ।

‘यी आयोगका वर्तमान कार्यशैली र मानसिकताबाट नेपालको संक्रमणकालीन न्याय अनन्तकालसम्म लम्बिने र सही नतिजामा नपुग्ने निश्चित छ ।’ समितिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । वर्तमान कार्यशैलीले मानव अधिकार तथा मानवीय कानूनको गम्भीर उलङ्घनका घटनाहरुको उचित सम्बोधन नहुने भएकाले दुबै आयोगको पुनःगठनका लागि निगरानी समितिले सरकारसँग माग समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here