सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश

काठमाडौं,३० बैशाख । वाङमय शताब्दी पुरुष संस्कृतिविद सत्यमोहन जोशी एक सय वर्षमा प्रवेश गर्नुभएको छ । त्यहि अबसरमा ललितपुर महानगरपालिकाले महानगरमा सार्वजनिक बिदा दिएको छ । महानगरले एक वर्षभरि विभिन्न कार्यक्रमहरु आयोजना गरी उहाँको जन्मशताब्दी महोत्सव मनाउने भएको छ ।
२०७६ साल बैशाख ३० गतेबाट २०७७ वैशाख ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी उहाँको जन्मशताब्दी महोत्सव मनाउने निर्णय गरिएको महानगरले जनाएको छ । उहाँको नेपालको कला, संस्कृति र साहित्य मार्फत नेपाललाई अन्तर्राष्ट्रयस्तरमा चिनाउन उहाँले पु¥याउनु भएकोे योगदान अतुलनीय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here