सत्ता पक्षकै सांसदले गरे बजेटको विरोधः उल्लेख भएअनुसार नीति व्यवहारमा पालना गर्न सुझाव

काठमाडौं,२० जेठ । नेकपाका नेता भीम रावलले सरकारको आलोचना गर्नुभएको छ । उहाँले बजेटमा उल्लेख भएअनुसार नीति व्यवहारमा पालना गर्न नसकेको आरोप लगाउनु ।

आज बसेको संघीय संसदको बैठकमा बोल्दै नेता रावलले सरकारको कडा आलोचना गर्नुभयो । अन्तर्राष्ट्रिय क्षेत्रको सम्बन्धमा बजेटमा सरकारले उल्लेख गरेका कुरा सकारात्मक भए पनि व्यवहारमा लागू हुन नसकेकोमा उहाँले आपत्ति जनाउनुभयो ।

‘हाम्रो देशको स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता जस्ता विषय बजेटमा उल्लेख भइरहँदा पोखरामा किन खुला सैन्य तालिम हुन्छ ’ नेता रावलले सोधे । अमेरिकी राजदूतले मर्यादा विपरीत गतिविधि गर्दैआएको भन्दै त्यसको पनि बिरोध गर्नूभयो ।

अमेरिकी राजदूत र्‍यान्डी बेरीलाई लक्षित गर्दै नेता रावलले भियना अभिसन्धिको विरुद्ध अमेरिकी राजदूतले खुलेआम गतिविधि गर्दैआएको औंल्याउनुभयो । बेरीले पछिल्लो समय ‘राजदूतसँग गफगाफ’ नामको कार्यक्रम सञ्चालन गर्दैआएका छन् । जुन उनको मर्यादा विपरीत रहेको भन्दै सरकारले त्यस्ता कार्यक्रम नियन्त्रण गर्नुपर्ने रावलको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here