सत्तारुढ नेता रावलले भनेः आवश्यकता आधारमा सरकार परिवर्तन

काठमाडौं,१२ असार । नेकपाका नेता भीम रावलले आवश्यकता र मूल्यांकनका आधारमा सरकार परिवर्तन हुनुपर्ने बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारको काम कारबाही, मन्त्रालयगत प्रगति लगायतको समीक्षा, मूल्यांकनका आधारमा सरकार तथा मन्त्रीमण्डल फेरबदल आवश्यक रहेको बताउनुभयो ।

सरकारका राम्रा कामहरु जनतासम्म प्रचार प्रसार गरिनुपर्छ । नराम्रा कामहरुलाई सच्याएर अघि बढ्न दबाब दिनुपर्छ भन्नुभयो । रावलले स्वतन्त्र प्रेसमाथि सरकारले अंकुश नलगाउने बताउनुभयो । उहाँले जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सक्ने सहमति भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here