सत्तारुढ दलले भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा ल्याउन नखोजेको होः सचिव ज्ञवाली

भक्तपुर,९ साउन– नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् ।
रफ्त सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भए पनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए ।
उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाए । उनले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावित भैरहेको आशंका समेत गरे ।
उनले सत्तारुढ दलकै कारण समयमै मन्त्रिमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए ।
एमाले संविधान संशोधन विरोधी नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here