सडक दुर्घटनामा दाङकी सिता चौधरीको मृत्यु, ठक्कर दिने फेला परेनन्

सुरज मेघनाथ/प्रयाग गुप्ता
बाँके ४ असोज
नेपालगंज मेडिकल कलेज नजिकै भएको सडक दुर्घटनामा दाङ गढवा गाँऊपालिका वडा नं ७ की अन्दाजी २२ बर्षीय सिता चौधरीको मृत्युभएको प्रहरीले जनाएको छ ।
चौधरीलाई आज बिहान १०ः३० बजेको समयमा नम्बर नखुलेको मोटरसाईकलले ठक्कर दिंदा सिता चौधरी गम्भिर घाईते भएकि सिता लाई नेपालगंज मेडिकल कलेजमा भर्नागरीएको केही बेरमै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
चौधरी नेपालगंज स्थित सिफा प्याथोलोजीमा कार्यरत थिईन् ।
घटना भएको धेरै समय वितिसक्दा पनि ठक्करदिने मोटरसाईकल पत्तानलागेको भन्दै स्थानीयहरु सडकमा उत्रिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here