सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! ज्यानै जान कस्छ

काठमाडाैं,३ मंसिरः शहरका सडक छेउछाउ मर्निङ वाक गर्दै हुनुहुन्छ ? त्यसो हो भने ख्याल गर्नुहोस् ! बाहिरी प्रदुषणका कारण हानिकार कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ ।  त्यसैले दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन् ।

बढ्दो वायु प्रदुषणका कारण मर्निङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्राडा. ढुण्डिराज पौडेलको सुझाव छ ।

सास फेर्दा थुलोधुवाँका कण असर पुग्छ, उनले भने – ठुला कण श्वासप्रश्वास नलीमा अडकन्छन् । मसिना कण भने सीधै फोक्सोमा पुग्छन् ।  २.५ माईक्रोनभन्दा साना कण सीधै फोक्सोमा पुग्छन् ।

फोक्सोबाट रक्तसञ्चार प्रणालद्धारा मुटु, मिर्गौला, छालालगायत अंगमा असर पुग्छ, डा. पौडेलले भने । अाजकाे अन्नपुर्ण पोष्टमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here