काठमाडौं,९ जेठ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई इतिहास पढ्न आग्रह गर्नुभएको छ ।
मन्त्री बाँस्कोटाले जय नेपालको अर्थलाई गलत रुपमा बुझेको भन्दै सचेतक खाँडले ुसहिद शुक्रराजलाई फाँसी दिनुपूर्व सोधिएको अन्तिम इच्छा र बोल्नु भएको अन्तिम शब्द जय नेपाललाई आज गोकुल बाँस्कोटाले नबुझेको आरोप लगाउनुभयो ।
हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान अन्तर्गत नेपाली कांग्रेस, क्षेत्रीय कार्य समिति काठमाडौं क्षेत्र नं ९ मा आयोजित कार्यक्रममा बोल्दै सचेतक खाँडले पार्टीभित्रैको कमजोरीका कारण नेपाली कांग्रेस पछाडि परेको समेत उल्लेख गर्नुभयो ।

