सचिवमाथी कुटपिट गरेको विषयमा छानबिन समिति गठन

काठमाडौँ,२९पुस । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिवमाथि हातपात गरेको विषयमा प्रदेश सरकारले छानबिन समिति गठन गरेको छ । आज (आइतबार) योजनामन्त्री यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपीट गर्नु भएको थियो ।

त्यस विषयमा आज नै बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक मामिला तथा योजना मन्त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेका छन् ।

उक्त समितिले दिएको प्रतिवेदनको आधारमा कारबाही गर्ने मुख्यमन्त्री लालबाबु राउतले बताउनुभएको छ । मुख्यमन्त्री राउतले कुटपीटको घटनाबारे मन्त्री यादव र सचिव झासँग छुट्टाछुट्टै छलफल गरेर जानकारी समेत लिनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here