सगरमाथा सिमेन्ट उद्योगको निर्माणाधिन भवनमा आगलागी

दाङ,१२ पुस । घोराही उपमहानगरपालिका–३, गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगको निर्माणाधिन भवनमा आगलागी भएको छ।

बिहिबार बिहान ५ तिर भएको आगलागीमा १५ लाख बराबरको क्षति भएको बताइएको छ । भवनको ३५ मिटर माथि बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले बताएको छ । आगलागीमा भवन निर्माणमा प्रयोग हुने केही उपकरण र मेसिनहरु जलेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here