सगरमाथाको उचाई नाप्न प्राविधिक टोली आज प्रस्थान गर्ने

काठमाडौं,२७ चैत । सरकारले सगरमाथाको उचाई मापन गर्ने टोलीलाई आज विदाई गर्नेभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरि सगरमाथाको उचाई मापन गर्ने प्राविधिक टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओली र विभागीय मन्त्री पद्मा अर्यालले विदाई गर्दै हुनुहुन्छ ।
विदाईसंगै आजै सगरमाथाको उचाई मापन गर्नका प्राविधिक टोली त्यसतर्फ प्रस्थान गर्ने छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्राविधिक टोली पठाएर सगरमाथाको उचाई नाप्न लागेको हो ।
नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने छ । चार जनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानुहुने छ ।
यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो । नेपाल सरकारले सगरमाथाको उचाई नाप्न लागेको पहिलो पटक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here