काठमाडौं,९ फागुनःहिन्दू स्वयंसेवक संघ नेपालले धर्म, संस्कृति र नैतिक शिक्षाको आवाश्यकता औँल्याएको छ । धार्मिक, सांस्कृतिक तथा नैतिक शिक्षाको अभावमा नेपालको गौरपशाली इतिहास नै नामेट हुने अवस्था आएकोसमेत उक्त कलेजले जनाएको छ । स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा काठमाडौंको टुँडिखेलमा आयोजना गर्दै हिन्दू स्वयंसेवक संघ नेपालले आफ्ना विशिष्ट जीवन–मूल्य, नैतिक मान्यताले विद्यार्थी मनलाई सिञ्चित गर्नुपर्नेमा जोड दिएको छ ।
“हाम्रा समृद्ध सद्ग्रन्थहरू (वेद, उपनिषद् , रामायण, पुराणहरू, गीता आदि) बारे जिज्ञासा जाग्रित गराउन र मातृभूमी नेपालको विविधता र त्यसमा निहीत एकताबारे ज्ञान प्रसार गर्न धार्मित, नैतिक तथा सांस्कृतिक ज्ञान पनि चाहिन्छ,” संघले भनेको छ, “हाम्रा पूर्वजको वैज्ञानिक अनुसन्धान, विज्ञानसम्मत विचार र आविष्कारहरूबारे जानकार बनाउनु आजको आवश्यकता हो ।” संघले विश्वका प्रायः अधिकांश देशमा धर्म, संस्कृति एवं आफ्नो राष्ट्रियताको ज्ञान विद्यार्थीहरूलाई गराउने गरिए पनि नेपालमा भने नगरिएको गुनासो गरेको छ ।
“नैतिक शिक्षा, संस्कृत शिक्षा, जुन धर्म संस्कृति र राष्ट्रियताका प्राण हुन, त्यस्ता विषयहरू पाठ्यक्रमबाटै हटाइए” विज्ञप्तीमा भनिएको छ, “विद्यार्थीहरूलाई आफ्नो भाषा, संस्कार र संस्कृतिका बारेमा केही जानकारी दिइएन । विद्यार्थीहरूमा आफ्नो धर्म एवं संस्कृतिप्रतिको जागरुकता तथा गौरवभाव जागृत गर्न कुनै प्रभावकारी प्रयत्न नगरिनु राष्ट्रको वर्तमान दुरावस्थाको कारण हो ।”
स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा ओरिन कलेज काडमाडौंका उद्वव क्षेत्री प्रथा भए भने तरुण मावि काठमाडौंका अभिषेक भुजेल दोस्रो र विश्व निकेतन माविकी साधना घिमिरे तेस्रो भइन् । प्रतियोगितामा ३ सय विद्यालयका ८ हजारभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

