संसद बैठक बस्दै, ‘भाषा आयोग विधेयक, २०७३’ स्वीकृत हुने सम्भावना

web

काठमाडौं,२५ असोज– व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वर दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ ।
आजको बैठकमा ‘भाषा आयोग विधेयक, २०७३’ स्वीकृत हुने सम्भावना रहेको छ । हिजोको संसद बैठकमा भाषा आयोग विधेयकमा सैद्धान्तिक छलफल भएपनि संसदमा गणपुरक संख्या नपुग्दा स्वीकृत हुन सकेको थिएन ।
साथै आजको वैठकमा डा गोविन्द केसीले उठाउनु भएको माग, चिकित्सा शिक्षा विद्येयक पास हुने सम्भावना रहेको छ । बैठकमा अन्य विभिन्न महत्वपूर्ण विद्येयक र प्रतिवेदन माथी छलफल गर्ने र पारीत गर्ने कार्यसूचि रहेको छ ।
यसअघि हिजोको बैठकमा ‘स्वास्थ्य बीमा विधेयक, २०७४, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, वस्तुको प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन गर्ने लगायतका विधेयक सर्वसम्मतिले पारित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here