काठमाडौं, २८ चैत–व्यवस्थापिका–संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने गरि बैठक बोलाइएको छ । बैठकमा सभामुख ओनसरी घर्तीले संसदमा व्यवस्थापिका संसदको निमावली २०७३ को नियम १७७ बमोजिमको समितिमा सदस्यको नाम थपको प्रस्ताव गर्नुहुनेछ ।
त्यस्तै–उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको सामाजिक व्यवहार सुधार विद्येयक २०७१ माथि छलफल गरियोस् भनि र सोही विद्येयकलाई पारिद गरियोग भनि प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।
प्रधानमन्त्रीले पुष्पकमल दाहालले बैठकमा निर्वाचन आयोग, महान्यायाधिवक्ताको कार्यालय, अख्तियार दुरुपयोग आयोग, सर्वाेच्च अदालत, लोकसेवा आयोगको बार्षीक प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयका उपसचिव सुर्दशन कुईकेलले जानकारी दिनुभयो ।
विधायन समितिकी सभापति गंगा चौधरीले देवानी संहिता, देवानी कार्यविधी संहित, अपराधत संहिता, फौजादारी कार्यविधी संहित विद्येयक सम्बन्धी समितीको प्रतिवेदन २०७३ पेस गर्नुहुने कार्यसुची रहेको छ ।

