संसद बैठक आजपनि बोलाइयो..बस्ने नबस्ने ठेगान छैन

web

काठमाडौं, १३ जेठ– व्यवस्थापिका संसदको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । मुख्य विपक्षी दल नेकपा एमालेले हिजोको बैठक अवरोध गरेपछि संसद बैठक आज दिउँसोका लागि बोलाइएको हो ।
हिजो दिउँसो १ बजेका लागि तय भएको पहिलो बैठक एमालेले अवरोध गरेपछि पुनःअपराह्न ४ बजेका लागि तय भएको थियो ।
संसदको आजका लागि बोलाइएको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिने तथा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची पनि रहेको छ ।
राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७४÷७५ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि संसदले धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहे पनि एमालेको अवरोधका कारण बैठक स्थगित भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here