संसद बैठक अन्यौलमा, एमालेको पुरानै अडान

web

काठमाडौं, २२ बैशाख– व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा आज बिहान १० बजे बस्ने गरि बैठक बोलाइएको छ ।
संसदमा दर्ताभएको प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव अगाडी बढाउने विषयमा सहमति नजुटेपछि हिजो बस्ने भनेको बैठक स्थगित भएको थियो ।
आजको बैठकमा प्रधानन्यायाधीश कार्कीविरुद्ध व्यवस्थापिका संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव संसदमा पेस गर्ने कार्यसुची रहेको छ ।
संसद् कार्य सञ्चालन नियमावलीको व्यवस्थाअनुसार संसदमा पेस भएको प्रस्तावमा छलफलको मिति तोकिने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले बताउनुभयो ।
आज पेस हुने प्रस्तावको छलफलको मिति बैठकबाट सभामुख ओनसरी घर्तीले तोक्नुहुनेछ । यता–कार्की विरुद्धको महाअभियोग प्रस्ताव प्रतिपक्षदल एमालले अगाडी बढाउन नदिने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here