संसद् बैठकमा महत्वपुर्ण विद्येयकमा छलफल हुदै (कार्यसूची सहित)

web

काठमाडौं, ९ साउन– व्यवस्थापिका संसद् बैठक आज पनि बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक प्रस्तुत गर्न अनुमाति माग्ने र विधेयक प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
यस्तै श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मंसुरले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको प्रतिवेदनसहित सामाजिक सुरक्षा विधेयक २०७२ माथि छलफल गरियोस भनी प्रस्ताव गर्नुहुने संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाका अनुसार गृहमन्त्री जनार्दन शर्माले राज्य व्यवस्था समितिको प्रतिवेदनसहित सामाजिक व्यवस्था सुधार विधेयक २०७१ माथि छलफल गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
साथै गृहमन्त्री शर्माले नै सामाजिक सुधार विधेयक २०७३ लाई पारित गरियोस भनी प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here