संसद् चालु, नीति तथा कार्यक्रम टेबुल

web photo

काठमाडौँ, १३ जेठ– व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्बोधन गरिएको सरकारको नीति तथा कार्यक्रमको प्रति सदन समक्ष टेबुल गर्नुभयो ।

राष्ट्रपति भण्डारीले यही जेठ ११ गते संसद्मा सम्बोधन गर्नुभएको थियो । बैठकमा नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक टेकबहादुर बस्नेतले सो सम्बोधनका लागि राष्ट्रपतिसमक्ष धन्यवादको प्रस्ताव पेस गर्नुभयो ।

सो प्रस्तावमा नेपाली काँग्रेसका चीनकाजी श्रेष्ठले समर्थन गर्नुभयो । तत्पश्चात सो प्रस्तावबारे छलफल गर्न सभामुख ओनसरी घर्तीले यही जेठ १३ र १४ गतेको दिन तोक्नुभयो ।

राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री दाहालले यही जेठ १० गते दिनुभएको राजनीनामाबारे प्राप्त पत्रको व्यहोरा आजको बैठकमा सभामुख घर्तीले सुनाउनुभयो । सत्ता पक्ष र प्रमुख प्रतिपक्षबीच सहमतिपछि आजदेखि संसद् पुनः सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here