संसदीय सुनुवाइ समितिको पहिलो बैठक बस्दै

web

काठमाडौं,२६ असारःसंघीय संसदको संसदीय सुनुवाइ समितिको पहिलो बैठक आज बस्दैछ । संघीय संसदको पहिलो बैठक बसेको चार महिनापछि हिजो मात्र गठन भएको समितिको पहिलो बैठक मध्यान्न १२ बजेका लागि बोलाइएको छ । पहिलो बैठकको सभापतित्व राजपा सांसद लक्ष्मणलाल कर्णले गर्नुहुनेछ ।

समिति सदस्य योगेश भट्टराईका अनुसार, प्राथमिकताका आधारमा प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजदूतहरुको सुनुवाइ सम्बन्धित पक्षको सिफारिसका आधारमा तय गरिनेछ । प्रधानन्यायाधीशका लागि दिपकराज जोशीको नाम सिफारिस भएपनि समिति नबन्दा अघि बढ्न सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here