संसदीय दलको नेता चयन गर्न राजपालाई सकस

काठमाडौं,२४ चैत । सरकारमा सहभागि हुने निर्णय गरेको राजपा नेपालमा आन्तरिक विवाद हुदा संसदीय दलको नेता चयन प्रक्रियामा ढीलाई भएको छ ।
संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले अझै छान्न सकेको छैन ।
अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी हुन् । तीनमध्ये कसलाई बनाउने भन्ने विवाद मिल्न नसकेपछि राजपा संसद्को पहिलो अधिवेशन अन्त्य हुँदासमेत नेताविहीन रहेको छ ।
ठाकुर, महतो र यादव सर्वसम्मत संसदीय दलको नेता बन्न खोजेका छन् । निर्वाचन सकिएको पाँच महिना बितिसक्दा समेत विवादकै कारण राजपा नेपालले संसदीय दलको नेता छान्न नसकेको हो । पटक–पटक बैठक बसे पनि सर्वसम्मत नेता छान्न पार्टी संसदीय दल असफल भएको छ ।
ठाकुर र महतोले संसदीय दलको नेता बन्न पाटीभित्र तीव्र लबिङ छन् । ओली नेतृत्वको सरकारमा राजपालाई दुई वटा मन्त्रालय दिने सहमति भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here