संसदीय दलको नेतामा लोभ नगर्न देउवालाई पौडेलको आग्रह

काठमाडौं, १८ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा लोभ नगर्न युवा नेता प्रदीप पौडेलले आग्रह गर्नुभएको छ । आज राजधानीमा आयोजित साक्षात्कारमा नेता पौडेलले पार्टीको वृहत्तर हितका लागि सभापति देउवाले संसदीय दलको नेतामा दाबी गर्न नमिल्ने धारणा राख्नुभयो ।

उहाँले सभापति देउवालाई सर्वसम्मतिमा संसदीय दलको नेता चयन गर्ने वातावरण बनाउन पनि सुझाव दिनुभएको छ । संसदीय दलको नेता सर्वसम्मतिमा चयन गरेर पार्टी एकतालाई बलियो बनाउने दायित्व पनि पार्टी मूल नेतृत्वकै भएको उहाँको भनाई छ । सोमबार कांग्रेस संसदीय नेताको नेता चयन हुँदैछ । त्यसका लागि सभापति देउवाले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

नेता पौडेलले सभापति देउवाले संसदीय दलको नेतामा आफै उम्मेदवारी दिने घोषणा पार्टी हितमा नहुने दाबी गर्नुभयो । नेता पौडेलले निर्वाचनको समीक्षा समेत गर्न तयार नभएको भन्दै सभापति देउवाप्रति आक्रोश पोख्नभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here