संसदमा संविधान संशोधन विद्येयक आज पेस नहुने, नेताहरु भन्छन

web

काठमाडौं, ३१ साउन– आज बस्ने व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन विधेयक पेस नहुने भएको छ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच संविधान संशोधन विधेयक निर्र्णायार्थ संसदमा प्रस्तुत गर्ने सहमति भएपनि दलीय छलफल आवश्यक रहेको कारण आज बस्ने बैठकमा पेश नहुने भएको हो ।
तराई सहित मुलुकका बिभिन्न जिल्ला बाढी, पहिरो र ढुुवानबबाट क्षतिग्रस्त भएपछि सरकार उद्धार र राहत वितरणमा केन्द्रित हुनु परेको तथा अन्य दलहरु समेत सोही कार्यमा केन्द्रित भएको कारण सरकारले संसदमा विधेयक पेश गर्ने काम पछि सार्ने भएको हो ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले विधेयक पारितका लागि प्रमुख प्रतिपक्षी दलको समेत सहमति आवश्यक पर्ने भएकाले विधेयक प्रस्तुत हुन थप केही दिन लाग्ने बताउनुभयो ।

नेताहरू यस्ताे भन्छन्

नेपाली कांग्रेसका मूख्य सचेतक चिनकाजी श्रेष्ठले प्रधानमन्त्री आफैं बाढी पहिरो पिडितको उद्धारमा खटिएकाले वर्तमान समस्याको समाधान गरेर संसोधन विधेयक अघि बढाउने बताउनुभयो ।

बाढी पहिरोमा परेका नागरिकको उद्धार र राहत वितरण गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले र राष्ट्रिय जनता पार्टी राजपासँग थप छलफल गरेर मात्र संसोधन विधेयक अघि बढाउने उहाँको भनाई छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक रेखा शर्माले संविधान संसोधन गरेर राजपालाई निर्वाचनमा सहभागी हुने वातावरण बनाउन प्रतिपक्षीसँग समेत छलफल आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सत्तारुढ दल, राजपा र निर्वाचन आयोगका पदाधीकारीबीच भएको छलफलमा भोलीको संसद बैठकमा संसोधन विधेयक पेस गर्ने सहमति भएको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेले भने यही अवस्थामा संविधान संसोधन विधेयकमा सहमति जनाउन नसक्ने बताएको छ । सो पार्टीका प्रमुख सचेतक भानुभक्त ढकालले विषयका आधारमा संसोधन विधेयक मुलुक र जनताको हीत विपरित रहेकाले आफुहरु पुरानै अडानमा यथावत रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here