संसदमा विनियोजन विधेयक –२०७४ माथि जवाफ दिन सुरु, भोलीपनि बैठक बस्ने

web photo

काठमाडौं, २५ असार– व्यवस्थापिका संसदको आजको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रमसुरु भएको छ ।

विनियोजन विधेयक –२०७४ माथि जवाफ दिँदै सम्बन्धित मन्त्रीहरुले संघीयता ढाँचा अनुसार मुलुक अघि बढेको र सोही अनुसारको नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संघीयता कार्यान्वयन हुनेगरी बजेटको व्यवस्था गरेको उल्लेख गर्नु भयो । उहाँले बजेटले तीन वटै तहको निर्वाचन, राष्ट्रिय गौरव आयोजनाहरुको निर्माण र भूकम्प पछिको पुनर्निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

यस्तै श्रम मन्त्री फरमूल्लाह मन्सुरले असल श्रम सम्बन्ध विस्तार गर्ने नीतिलाई आफूले उच्च प्राथमिकता दिएको उल्लेख गर्नु भयो ।

उहाँले श्रमिकहरुको हक, अधिकारलाई सुनिश्चित गर्न सरकारले राष्ट्रिय रोजगार नीति कार्यान्वयनमा ल्याएको पनि स्पष्ट पार्नु भयो । संसदको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here