संसदमा बोल्दै काँग्रेस सभापति देउवाले भने– हामीलाई लोकतन्त्र भनेको के ? भनि सिकाउन पर्दन

काठमाडौं, २३ जेठ– नेपाली काँगेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले कहिलै कसैसंग सम्झौता नगर्ने बताउनुभएको छ ।

व्यवस्थापिका संसदको पहिलो बैठकमा प्रमुख दलको हैसियतले बोल्दै उहाँले स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गने आफ्नो नेतृत्वको महत्वपूर्ण भुमिका रहने उल्लेख गर्नुभयो । उहाँले असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

उहाँले आफू नेतृत्वको सरकार तीन वटै तहको निर्वाचन समयमै सम्पन्न गर्न तयार रहेको पनि स्पष्ट पार्नु भयो । सभापति देउवाले भरतपुर महानगरपालिकाको मतगणनासम्बन्धि विवाद समाधान गर्ने निकाय निर्वाचन आयोग भएकाले त्यसमा आफू र आफ्नो पार्टीले कुनै प्रतिक्रिया नदिएको पनि स्पष्ट पार्नु भयो।

सभापति देउवाले मतगणना सम्बन्धि विवाद समाधान गर्ने निकाय निर्वाचन आयोग भएकाले आफूले त्यसमा कुनै टिप्पणी नगरेको प्रष्टिकरण दिनुभयो । उहाँले भरतपुर महानगरपालिकामा तत्काल मतदान नगराउन सर्वोच्च अदालतले दिएको आदेशको पालना गर्न पनि आफू र आफनो पार्टी तयार रहेको पनि स्पष्ट पार्नु भयो ।

सभापति देउवाले राष्ट्रियताको पाठ नपढाउन पनि प्रमुख प्रतिपक्ष एमालेलाई चेतावनी पनि दिनु भयो । आफनो पार्टीको आर्दश नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद रहेको उल्लेख गर्दै देउवाले राष्ट्रियताको पाठ पढाईरहन नपर्ने बताउनु भएको हो ।

सभापति देउवाले हुलाकी राजमार्ग निर्माण, पूर्व पश्चिम राजमार्ग निर्माणको कामको सुरुवात आफ्नै पार्टी नेतृत्वको सरकारले सुरुवात गरेको दावी समेत गर्नु भयो । सभापति देउवाले एमालेले संसद अवरोध गरेका कारण प्रधानन्यायाधिश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन ढिलाई भएको दावी पनि गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here