संसदमा प्रचण्डले भनेः सबैले सपना देख्नुहोस्..पुरा हुन्छ !

काठमाडौं,२४ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सकारात्मक ढङगले सोच्नुपर्ने बताउनुभएको छ ।

संसदमा जारी छलफलमा बोलदै अध्यक्ष दाहालले सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारेको रेल ल्याउने सपना सबैले देख्नुपर्ने र त्यसलाई साकार गर्न पनि थाल्नुपर्ने बताउनुभयो ।

सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले सामान्य सुधारको कुरा गरेर मात्र देशले विकासमा छलाङ मार्न नसक्ने दावी गर्नुभयो ।

तथाकथित सम्भव कुरा मात्र गर्ने भन्ने नाममा, सुधारात्मक कुरा मात्र गर्‍यौं भने नेपाल समृद्ध बन्दैन, भन्दै अध्यक्ष प्रचण्डले ठूला आकांक्षाहरू राख्नुपर्ने उल्लेख गर्नुभयो ।

नेपालमा विकास हुने कुरा असम्भव जस्तै सोच्ने गरेको इतिहास नेपालीको रहेको बताउँदै प्रचण्डले अब सबैले सपना देख्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here