संविधान संशोधन विद्येयक फेल भएपछि नयाँ रणनीति बनाउदै राजपा

काठमाडौं, ६ भदौं–  नेपालको संविधान दोस्रो संशोधन विधेयक व्यवस्थापिका संसदबाट अस्वीकृत भएपछिको नयाँ रणनीति बनाउन राष्ट्रिय जनता पार्टीको बैठक बस्दैछ ।

आज बस्ने केन्द्रीय समितिको बैठक प्रदेश नम्बर २ को चुनावलाई केन्द्रित गरेर रणनीति बनाउनेछ । संसोधन विधेयक असफल भएपनि चुनावमा जाने तर आन्दोलनका कार्यक्रमसहित चुनावमा जाने राजपाको तयारी छ ।    राजपाका प्रवक्ता डिम्पलकुमारी झाले आज ११ बजे बस्ने बैठकले नयाँ रणनीति बनाउने र भोलि औपचारिक घोषणा गर्ने जानकारी दिनुभयो ।

हिजो संसदमा विधेयकको पक्षमा ३ सय ४७ मत मात्र परेपछि विधेयक अस्वीकृत भएको थियो । राजपाले त्यसलाई दुर्भाग्य भनेको छ । विधेयक पारितका लागि संसदमा हाल कायम ५ सय ९२ सदस्य संख्या मध्ये ३ सय ९५ मत आवश्यक थियो । संसदको आजको बैठकमा उपस्थित ५ सय ५३ जना सांसद मध्ये २ सय ६ जनाले बिपक्षमा मतदान गरेका थिए ।

आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको वातावरण निर्माणका लागि भन्दै सरकारले संशोधन विधेयक संसदको निर्णयार्थ प्रस्तुत गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here