संविधान संशोधन प्रस्तावमाथि बृहत छलफल

web

काठमाडौं, ४ भदौं– व्यवस्थापिका संसदको बैठकमा संविधान संशोधन प्रस्तावमाथिको छलफल आजका लागि सकिएको छ । संशोधन प्रस्तावमाथि छलफल भोलि पनि हुने छ । सभामुख ओनसरी घर्ति मगरले बैठक भोली दिउसो १ बजेसम्मका लागि स्थगित गर्नुभयो ।
यसैबिच, राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । एक विज्ञप्ती जारी गर्दै पार्टीले संसदमा प्रस्तुत गरिएको संशोधन विधेयकले मधेसी जनताको समस्यालाई सम्बोधन गर्न नसक्ने ठहर गर्दै विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here