काठमाडौं,१ पुस–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले निर्वाचनबाट आफुले सोचे अनुसारको परिणाम ल्याउन नसकेपछि बखेडा झिकेको आरोप लगाउनुभएको छ । उहाँले कांग्रेसले जनमतलाई अस्वीकार गर्ने र अड्को थाप्ने काम गर्न नहुने उल्लेख गर्नुभयो ।
निर्वाचनबाट स्पष्ट बहुमत आएकोले नयाँ सरकार गठन गर्न ढिलाइ गर्न नहुने उनको भनाइ छ । निर्वाचन हारेको पक्ष र अल्पमतमा परेको सरकारले बहुमत ल्याएको पक्षलाई अगाडि बढ्न रोक्न नमिल्ने उहाँको तर्क थियो ।
अध्यक्ष ओलीले सरकार गठन र राष्ट्रियसभा गठनका आ–आफ्नै प्रावधान भएकाले यसलाई आफु अनुकुल व्याख्या नगर्न आग्रह गर्नुभयो । वामपन्थी सरकारमा गए लोकतन्त्र खतरामा पर्छ भन्ने कांग्रेसको बुझाइ हो भने प्रष्ट पार्नु पर्यो भन्दै उहाँले निर्वाचन आयोगलाई संविधान र कानूनको पक्षमा उभिन सुझाव दिनुभयो ।

