संविधान दिवसलाई फाेरमले कालो दिवसकारूपमा मनाउने(विज्ञप्ती सहित)

काठमाडाैं,१ असाेजः सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफ्ना कार्यकर्तालाई संविधान दिवसको दिन कालो दिवस भनी आयोजना गरिने कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । फोरमले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएको हो ।

वर्तमान संविधानप्रति आफ्नो पार्टीको अहमति कायम रहेपनि संशोधनमार्फत ती संबोधन हुने सम्भावना देखेकाले संविधानको विरोध नगर्न  र त्यस्ता कार्यक्रममा सहभागी नहुन भन्दै फोरमले सर्कुलर जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,– ‘संविधान सभाबाट जारी गराइएको संविधानप्रति पार्टीको असहमति, विरोध र फरक धारणा यथावत नै  छ। संविधान संशोधनको माध्यमबाट संविधानमा रहेका कमजोरीलाई सच्याउँदै प्राप्त  अधिकारको संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलसँग समझदारी भएकाले कालो दिवस मनाउने जस्ता कार्यक्रम बारे पार्टीले कुनै निर्णय नगरेको हुँदा त्यस्ता कार्यक्रममा सहभागी नहुन र कुनै भ्रममा नरहन आग्रह गर्दछौं’

२०७२ असोज ३ गते संविधान जारी गर्दा त्यसमा असमति जनाउँदै मधेसी दलले लामो समय आन्दोलन गरेका थिए । त्यसमा फोरम नेपालको पनि मुख्य भूमिका थियो।  मधेसको अर्को मुख्य दल राजपाले भने यसपाली पनि संविधान जारी भएको दिनलार्इ कालो दिनका रूपमा मनाउने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here